बागमती प्रदेशसभाबाट बनेका ऐन कार्यान्यनमा सरोकारवालाहरुको जोड

स्वर्णिम खबर
५ आश्विन २०८१, शनिबार १९:१०

५ असोज, हेटौँडा । बागमती प्रदेशसभाबाट पारित भएका कानून कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा विषयगत समितिका सभापति, सांसद र सरोकारवाहरुले कानून जारी भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, प्रदेशसभाका सदस्यहरु एकालाल श्रेष्ठ, भारती पाठक, प्रेमबहादुर पुलामी, प्रभात तामाङ लगायतले कानुन कार्यान्वयनका आफुहरुको जोड रहेको बताउनुभयो ।
बनाइएका कानुनहरुको कार्यान्वयनको पाटोमा देखिएका जटिलतालाई समाधान गर्न कानुनहरुमा आवश्यक संशोधन समेत गरिने सभापतिद्वय लामा र श्रेष्ठको भनाई छ ।
कार्यक्रममा प्रदेश सरकारका कर्मचारीहरु, कानून व्यावसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु, पत्रकारहरु लगायतकाले प्रदेश सरकारले जारी गरेका ऐनहरु आफ्ना अनुकुलमा ल्याएको र पछी संघीय सरकारले त्यही ऐन ल्याएकाले दुइ सरकारले बनाएका ऐन बाझिने भएकाले कायान्यनमा समस्या भएको बताएका छन् ।
जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता बालकृष्ण अधिकारीले बागमती प्रदेशमा हाल सम्म बनेका कानुन, र कार्यान्वयनको अवस्थाका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*