नवयुवा बचतको १६ औं वार्षिक साधारणसभा सम्पन्न

स्वर्णिम खबर
५ आश्विन २०८१, शनिबार १६:४७

५ असोज, हेटौँडा । हेटौंडा ११ स्थित नवयुवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १६ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाको प्रमुख आतिथ्यता एवम् सहकारीका अध्यक्ष फुलमान श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण देवकोटाले सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याहरुलाई हल गर्दै अगि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष फुलमान श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुतीकरण गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठले आर्थिक बर्ष ०८०÷०८१ मा सहकारीले ५७ लाख ८३ हजार मुनाफा आर्जन गरेको जानकारी दिनुभयो । संस्थाको सेयर पुँजी २ करोड ८४ लाख, सहकारीको कूल बचत निक्षेप रकम २३ करोड ७१ लाख रहेको छ ।
कार्यक्रममा संस्थाले सहकारीको असल ऋणी, नियमित बचत, उत्कृष्ट बाल बचत, एकल महिला, जेष्ठ नागरिक बचत,पेन्सन बचत लगाएत बिबिध बिधाहरुमा उत्कृष्ट रहेकाहरुलाई पुरस्कृत समेत गरेको थियो । त्यसैगरी २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने  बिद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, हेटौंडा –११ कि वडाध्यक्ष जुना दाहाल , सहकारीको संचालक समितीका सदस्यहरु ल्गायत सेयर सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*