कवि यश लामाको बहिष्कृत आवाजको विमोचन

स्वर्णिम खबर
५ आश्विन २०८१, शनिबार १६:४२

५ असोज, हेटौँडा । कवि यश लामाको पहिलो कविता कृति बहिष्कृत आवाजको विमोचन गरिएको छ ।
शनिबार भएको एक साहित्यिक कार्यक्रममा लामाको पहिलो कृतिको रूपमा कविता सङ्ग्रह बहिष्कृत आवाजको विमोचन भएको हो ।
डा. रामजी राम, साहित्यकार निमेष निखिल, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली, कवि लामा र उहाँकी छोरीले कविता संग्रह सार्वजनिक गर्नुभएको हो ।
६ वटा खण्डमा विभाजन गरी कविता संग्रह प्रकाशित गरिएको हो । विद्यालय जीवनदेखि नै कविता लेख्दै आउनुभएका बारा जिल्लाको निजगढ नगरपालिका–७ का स्थायीवासी लामाले करिब १० वर्ष अवधिमा लेखिएका ४५ वटा कवितालाई बहिष्कृत आवाजमा समावेश गर्नुभएको छ ।
सांग्रिला बुक्सद्वारा प्रकाशित कविता संग्र्रहमाथि मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र डा. रामजी रामले टिप्पणी गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*