अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय भएको छैनः राष्ट्रपति पौडेल

स्वर्णिम खबर
३ आश्विन २०८१, बिहीबार १८:२८

३ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताउनुभएको छ ।
बिहीवार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निराश बन्ने समय नभएको बताउनुभएको हो । उहाँले अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउनु भयो । उहाँले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताउनु भयो ।
उहाँले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताउनु भयो । उहाँले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताउनु भयो । उहाँले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्ने बताउनु भयो । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*