कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ स्मृतिमा पानाहरु सार्वजनिक

स्वर्णिम खबर
३ आश्विन २०८१, बिहीबार १८:१४

३ असोज, हेटौँडा । श्याम प्रसाद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ स्मृतिमा पानाहरु सार्वजनिक गरिएको छ ।
प्रतिष्ठानले बिहीबार एक कार्यक्रमका बिच प्रगतिवादी साहित्यकार टिआर पोखरेलको प्रमुख आतिथ्यतामा स्मृति ग्रन्थ सार्वजनिक गरेको हो । २००४ सालमा मकवानपुरमा जन्मिनुभएका साहित्यकार, पत्रकार, शिक्षक, एवं राजनीतिज्ञ पाण्डेको २०७९ साल कात्र्तिक १० गते निधन भएको थियो ।
उक्त स्मृति ग्रन्थमा पाण्डेलाई नजिकबाट चिन्ने, जान्ने र बुझ्ने ३७ जना स्रष्टाहरुले आफ्ना अनुभव, दृष्टिकोणहरु लेख मार्फत् प्रस्तूत गरेका छन् । साथै पाण्डेका केही रचनाहरु समेत ग्रन्थमा समावेश गरिएको छ । उहाँहरुका लेख मार्फत् पाण्डेको जीवनीलाई अझै फिजाउन मद्धत गर्ने कृति प्रकाशक समिति संयोजक राम प्रसाद पोख्रेलले बताउनुभयो । ग्रन्थमाथि राजबाबू पहाडी र सुर्यप्रसाद शर्माले समिक्षत्मक टिप्पणी राख्नुभएको थियो ।
प्रतिष्ठानका कार्यवाहक अध्यक्ष इन्द्रप्रसाद नेपालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, प्रेम बहादुर पुलामी छिन्तु, जिल्ला समन्वय प्रमुख ललित घलान, शिक्षाविद् पुरन बहादुर जोशी, नेपाली काँग्रेस मकवानपुरका सचिव भिमसेन महत, साहित्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*