असोज ५ गते हेटौंडा सम्पदा यात्रा २०८१ हुने, १ सय ३० जनाकोे सहभागिता रहने

स्वर्णिम खबर
३ आश्विन २०८१, बिहीबार १८:१२

३ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हेटौंडा सम्पदा यात्रा २०८१ हुने भएको छ ।
हेटौंडा एडभेन्चर क्लबको आयोजनामा असोज ५ गते शनिबारका दिन १ सय २० किलोमिटर लामो सम्पदा यात्रा हुन लागेको हो । बिहीबार पत्रकार सम्ेलनको आयोजना गर्दै क्लबले सम्पदा यात्राको बारेमा जानकारी गराएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगर भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको पहिचान, प्रचारप्रसार तथा प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका अध्यक्ष सुशिल सुवेदीले जानकारी दिनुभयो ।
यात्रामा ६५ वटा मोटरसाईकल र १ सय ३० जनाकोे सहभागिता रहने बताइएको छ । यात्रामा मकवानपुरका साथै छिमेकी जिल्ला बारा, पर्सा, रौतहट र चितवनका व्यक्तिहरुको समेत सहभागिता रहने आयोजकले बताएको छ । हेटौंडा ४ पशुपति मन्दिरबाट सुरु हुने सम्पदा यात्रा मकवानपुर गढीका केही वडालाई समेत रुट बनाएर हेटौंडाका १९ वटै वडाका धार्मिक तथा पर्यटकीय स्थल परिक्रमा गर्दै हेटौंडा ७ न्यूरेनीमा आई समापन हुने अध्यक्ष सुवेदीले बताउनुभयो ।
सहभागिताका लागि प्रति मोटरसाईकल तीन सय दर्ता शूल्क तोकिएको छ । आयोजकका तर्फबाट सहभागिलाई जर्सी, मेडल, प्रमाणपत्रका साथै खाना, खाजाको व्यवस्था गरिएको छ । कार्यक्रम सम्पन्न गर्न करीब ३ लाख लाग्ने आयोजकको अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*