१ करोड ३५ लाखको अवैध कपडा सहित दुई भारतीय नागरिक हेटौंडामा पक्राउ

स्वर्णिम खबर
३ आश्विन २०८१, बिहीबार १६:४७

३ असोज, हेटौँडा । १ करोड ३५ लाख मुल्यको लत्ताकपडा सहित हेटौँडामा दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
हेटौडा १५ रातोमाटे चेकपोष्टमा अबैध रुपमा भन्सार छली गरिल्याएका लत्ताकपडा लगायतका सामानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौंडादेखि काठमाडौंसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।
डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको एसपी रिजालले बताए । प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।
ट्रक रोकेर खानतलासी गरी पुर्जी दिई निजहरुको शरीर तथा उक्त ट्रक समेतको खानतलासी गर्दा सो ट्रकमा ३४५ बोरा आलुको भन्सार बिल काटेर सो ट्रकमा प्रति बोरा ५० किलोको दरले २६४ बोरा आलु राखी सोको भित्री भागमा लुकाई छिपाई गरी ७४ बोरा बिभिन्न किसिममा तयारी कुर्ता, रोल सहितको सर्ट एंव पाईन्टको कपडाहरु ल्याएको पाईएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*