ऐतिहासिक कास्य विजेता पलेशा बागमती प्रदेश सरकारद्वारा नगदसहित सम्मानित

स्वर्णिम खबर
३ आश्विन २०८१, बिहीबार १३:४०

३ असोज, हेटौँडा । पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य विजेता पलेशा गोवर्धन र एसियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गरेको छ ।
हेटौंडामा बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठुलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरि सम्मान गरिएको हो । प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एसियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकालाई ५ लाख सहित सम्मान गरिएको छ । एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी आमा रत्ना गुरुङले सम्मान ग्रहण गर्नुभएको हो ।


सम्मान ग्रहण गर्दै पलेशाले आजको सम्मानले ऊर्जा थपिएको जनाउँदै सबैप्रति आभार प्रकट गर्नुभयो । तेक्वान्दो सजिलो खेल नभएको उल्लेख गर्दै कडा परिश्रम, समय व्यवस्थापन र सबैको साथले सफलता हात परेको उहाँको भनाइ छ ।
उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाख सहित सम्मान गरिएको छ । कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*