इन्द्रसरोवर तालमा सशस्त्र प्रहरीको विपद् उद्धारको नमुना अभ्यास

स्वर्णिम खबर
१ आश्विन २०८१, मंगलवार १८:४१

१ असोज, हेटौँडा । विपद्मा खटिने सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि मकवानपुरको इन्द्रसरोवर तालमा विपद् उद्धारको नमुना अभ्यास गरिएको छ ।
सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको आयोजनामा विपद् व्यवस्थापन वेशमा कार्यरत तालिम प्राप्त सशस्त्र प्रहरीद्धारा विपद् उद्धारको अभ्यास गरिएको हो । कुनैपनि विपद्का घटनामा छिटोभन्दा छिटो कसरी उद्धार गर्न सकिन्छ भन्ने उद्देश्यले अभ्यास प्रदर्शनी गरिएको शसस्त्र प्रहरी बल १४ नम्बर हेडक्वार्टर मकवानपुरका प्रमुख ज्ञानप्रसाद भ्रुतेलले जानकारी दिनुभयो ।


इन्द्रसरोवर गाउँपालिका–२ मार्खुको झोलुङ्गे पुलबाट अचानक चिप्लीएर कुलेखानीको इन्द्रसरोवर तालमा खसेको र इन्द्रसरोवर तालमै डुङ्गा दुर्घटना भएको कृत्रिम अभ्यास गराई उद्धार प्रक्रियाका बारेमा जानकारी गराइएको छ । अभ्यासका क्रममा विपद् व्यवस्थापन तथा वाटर रेक्यू तालिम प्राप्त १५ जना सशस्त्र प्रहरीको टोलीले डुबेको व्यक्तिको उद्धार गरेर प्राथमिक उपचार पश्चात् थप उपचारका लागि स्वास्थ्यसंस्था पठाइएको दृश्य देखाइएको थियो ।
स्थानीय स्तमै सहज उपलब्ध हुने डोरी र लामो लठ्ठी वा बाँसको सहायताले पानीमा डुबेकाको उद्धार गर्ने विधिको प्रयोग गर्दै नमुना अभ्यास गरिएको विपद् व्यवस्थापन वेशका सशस्त्र प्रहरी निरीक्षक गणेश खड्काले बताउनुभयो ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*