महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने

स्वर्णिम खबर
३० भाद्र २०८१, आईतवार १७:५४

३० भाद्र, हेटौँडा । महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट मकवानपुरे महाकाव्यकार मुना अर्याल पुरस्कृत हुनुहुने भएको छ ।
असोज ५ गते शनिबार विशेष कार्यक्रमका बिच अर्याललाई नगद ५१ हजार रुपैयाँसहित एक्काइसौँ महालक्ष्मी साहित्य पुरस्कार प्रदान गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडसँगको सहकार्यमा मातृभूमि साहित्य समाज मकवानपुरले पुरस्कार प्रदान गर्दै आएको छ ।
मातृभूमिले यो पुरस्कार हालसम्म २० जनालाई प्रदान गरिसकेको छ । यस्तै, मकवानपुर श्री सम्मान मकवानपुरका अग्रज शिक्षासेवी बद्रिनाथ शर्मा अर्याललाई प्रदान गर्ने निर्णय भएको मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
यसैगरी केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० हेटौंडा शन्देश दैनिक पत्रिकाका सम्पादक माधव न्यौपानेलाई प्रदान गरिने भएको छ ।
दश हजार रुपैयाँ राशीको उक्त पुरस्कार समाजसेवी इश्वर मैनालीले आफ्ना पिताको सम्झनामा स्थापीत गर्नुभएको पुरस्कार हो । २०५६ सालमा स्थापना भएको मातृभूमि साहित्य समाजले २०५९ सालदेखि नेपाली भाषा, साहित्यका क्षेत्रमा योगदान पुराउने साहित्यसेवीलाई प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*