बागमती प्रदेशसभा बैठक असोज ६ गते बस्ने
३० भाद्र, हेटौँडा । बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।
बैठक आगामी असोज ६ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको हो । उक्त बैठकमा विभिन्न तीन वटा विधेयकमाथि पुर्ण छलफल गराई पारित गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा अन्तरगत रहेको विभिन्न समितिहरुमा उक्त तीन वटा विधेयकमाथि पूर्ण छलफल गरी संशोधनसहित प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ ।
बागमती प्रदेश सभाको बैठक यसअघि गत साउन १५ गते बसेको थियो । सो बैठकबाट दुई वटा विधेयक पारित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।