दाजुभाइ फाष्टफुड र वैष्णव होटललाई २५–२५ हजार रुपैयाँ जरिवाना

स्वर्णिम खबर
२८ भाद्र २०८१, शुक्रबार १७:४५

२८ भाद्र, हेटौँडा । हेटौंडामा चाडपर्व लक्षित संयुक्त बजार अनुगमन सुरु भएको छ ।
खाद्य तथा दाना पदार्थ एवम् कच्चा पदार्थको गुणस्तर तथा स्वच्छता गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो ।
संयुक्त बजार अनुगमन टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं.२, स्थित भाटमटेनी सुपरमार्केट एण्ड डिमार्टमेन्टल प्रा.लि., हेटौंडा–२, संगमचोकस्थित मेरो मार्ट र हेटौंडा–४, स्कुलरोडस्थित घर संसारको अनुगमन गरेको छ ।
सो क्रममा हेटौंडा–२, संगमचोकस्थित मेरो मार्टलाई सामान खरिद–बिक्री गर्दा उत्पादन र उपभोग्य मिति हेरी खरिद–बिक्री गर्न निर्देशन दिइएको छ । यसैगरी, अनुगमन टालीले खाद्य र अखाद्य सामग्रीसँगै राखिएको भेटिएपछि घर संसारलाई खाद्य र अखाद्य सामग्री छुट्याएर राख्न निर्देशन दिइएको छ । अनुगमन टोलीले हेटौंडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुड र वैष्णव होटललाई २५–२५ हजार रुपैयाँ जरिवाना गराइएको थियो । ती दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*