नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको छः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२८ भाद्र २०८१, शुक्रबार १३:२३

२८ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय खेलकुदमा उल्लेख्य प्रगति गरेको बताउनुभएको छ ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा पाराओलम्पिक काँस्य पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान प्रदान गर्दै उहाँले खेल क्षेत्रका सबै विधाहरुमा अझै उत्कृष्ट प्रगति गर्दै जान खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले क्रिकेट, फुटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेलहरुमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरिरहेको बताउनु भयो । उहाँले नेपालको अहिलेको खेल अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अझै खेलहरुमा खेल विज्ञता, प्रविधिको विकास आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले ओलम्पिक पदक विजेता गोवद्र्धनलाई ६५ लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभयो । सरकारले डिजिटल माध्यमबाट गोवद्र्धनको खातामा उक्त रकम जम्मा गरेको हो । प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*