नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भाद्र ३० गते हेटौंडा आउने

स्वर्णिम खबर
२६ भाद्र २०८१, बुधबार १६:५९

२६ भाद्र, हेटौँडा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा भाद्र ३० गते आइतबार हेटौंडा आउनुहुने भएको छ ।
नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागले हेटौंडाबाट सुरु गर्न लागेको जनप्रतिनिधिसंगको बृहत् अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्न महामन्त्री शर्मा हेटौंडा आउन लाग्नुभएको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरले कार्यक्रम बारे जानकारी गराएको हो । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिका कार्य अनुभव, कार्य समिक्षा, स्थानीय तहका अधिकारका विषयमा छलफल, स्थानीय तह र प्रदेश बिचको समन्वयात्मक अन्तरसम्बन्ध, बाझिएका ऐन लगायत, जिल्ला सम्मेलनले पास गरेका विषयका बारेमा छलफल हुने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिनुभयो ।


कार्यक्रममा वडा सदस्य, अध्यक्ष, स्थानीय तह प्रमुख उपप्रमुख, जिसस सदस्य, गाउँ नगर कार्य समिति सदस्य, उम्मेदवार समेत गरी करीब दुई सय जनाको सहभागिता रहने सभापति लामाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*