हेटौंडाको ४ नं. वडा भाद्र २८ गते स्थानीय शासनयुक्त वडा घोषणा हुने

स्वर्णिम खबर
२६ भाद्र २०८१, बुधबार १६:५२

२६ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको ४ नं. वडा भाद्र २८ गते निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ ।
उक्त दिन बालमैत्री वडा घोषणाका साथै वृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ । यस वडाले बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताका साथै बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक मध्ये ४९ सूचकमा सतप्रतिशत नतिजा हासिल गरेको ४ नम्बर वडाकी कार्यवाहक अध्यक्ष एवम् बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मुल समारोह समिति सह–संयोजक गिता त्रिपाठीले जानकारी दिनुभयो ।
हुप्रचौरबाट सुरु हुने बाजागाजा झाँकी सहितको बृहत प्रभातफेरीले वडा परिक्रमा गरी कार्यक्रम स्थल रोयल पार्टी प्यालेस पुग्ने कार्यवहाक वडा अध्यक्ष त्रिपाठीले बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम पश्चात् बृहत् शैक्षिक प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न करीब ८ लाख लाग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*