सरकार र उद्योगपति दुबै सुध्रन जरुरी छः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२६ भाद्र २०८१, बुधबार १३:३४

२६ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले रोजगारी र्सिजना गर्नको लागि उद्योग महत्वपूर्ण भएको बताउनुभएको छ ।
सरकारी निकायमा रोजगारीको अवसर कम हुने भएकोले उद्योगबाट नै रोजगारी सिर्जना हुने उहाँको भनाई छ । मकवानपुर उद्योग वाणिज्य संघले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री लामाले वर्तमान समयमा औद्योगिक क्षेत्र फस्टाउनु जरुरी भएको बताउनुभयो ।
मुख्यमन्त्री लामाले मझौला उद्योगहरु प्रदेश सरकारले सञ्चालन गर्ने अवधारणा अनुरुप क्षमता र आवश्यकताको आधारमा उद्योगहरु सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुभयो । लगानीकर्ताले सुरक्षित महसुस नगरेसम्म उद्योग खोल्न नसक्ने उहाँको भनाई छ । उद्योग क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत मुख्यमन्त्री लामाले बताउनुभयो ।


मुख्यमन्त्री लामाले औद्योगिक विकासको लागि सरकार र उद्योगपति दुबै सुध्रिनुपर्ने बताउनुभयो । उहाँले लगानीको सुनिश्चित्ता गरेर मात्र उद्योग खोल्नुपर्नेमा जोड दिनुभयो । कानुनी अड्चयनहरुलाई फुकाउन समेत प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।
उद्योगीहरुले बुझाएको करबाटै सरकार चल्ने भएकोले उद्योगीहरुलाई सुरक्षाको अनुभुति दिलाउने जिम्मेवारी पनि सरकारकै भएको मुख्यमन्त्री लामाको भनाई छ ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले अहिले उद्योगी व्यवसायी धरायसी हुने अवस्थामा पुगेको भन्दै प्रदेश सरकारले आफुहरुको मागलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*