जलवायु परिवर्तनको असरले कृषि प्रणालीलाई चुनौतिपूर्ण बनायोः उपराष्ट्रपति यादव

स्वर्णिम खबर
२५ भाद्र २०८१, मंगलवार १७:५६

२५ भाद्र, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असरले वन, कृषि तथा खाद्य प्रणालीलाई थप चुनौतिपूर्ण बनाएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा नेपाल खाद्य मञ्च २०२४ मा सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति यादवले लामो समयदेखि कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा परिभाषित गर्दै आएपनि कृषि क्षेत्रको उत्पादकत्व अझै पनि अन्य क्षेत्रहरु भन्दा निकै कम रहेको बताउनुभयो ।
उहाँले कृषि क्षेत्र युवा पुस्ताका लागि कम रुचिकर क्षेत्र बनेको समेत उल्लेख गर्नुभयो । उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवालाई सक्रिय रुपमा सहभागी गराउनसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि खाद्य प्रणालीमा नाफामात्र नभइ गरिवी निवारण, क्षेत्रीय विकास, सामाजिक रुपान्तरण, नविनता प्रवद्र्धन र विज्ञान तथा प्रविधिको प्रयोगमा जोड दिन एवं युवालाई नेतृत्वदायि भुमिका खेल्न पनि उहाँले आह्वान गर्नुभयो ।
उपराष्ट्रपति यादवले कृषि क्षेत्रमा युवाहरुलाई आकर्षित र लगानीमा प्रोत्साहन, साझा लगानीको पहल र विज्ञान, नवप्रवर्तन तथा सामुहिक समावेशीकरणमा केन्द्रित गर्नुपर्ने बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*