भारतले इपिजीको प्रतिवेदन अगाडि बढाउँछः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२२ भाद्र २०८१, शनिबार १८:२३

२२ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतसम्बन्धि प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
दुई मुलुकबीचमा देखिएका समस्या समाधानका लागि अघिल्लो पटक आफू प्रधानमन्त्री भएको बेला गठित सो समूहको प्रतिवेदन अहिले आफू पुनः प्रधानमन्त्री भएर आएको र भारतीय प्रधानमन्त्री पनि नरेन्द्र मोदी आफँै रहेकाले सो प्रतिवेदन भारतीय पक्षले पनि अघि बढाउने प्रधानमन्त्री ओलीको भनाई थियो ।
शनिवार आफ्नै सरकारी निवास बालुवाटारमा सूर्यनाथ उपाध्यायको अन्तर्राष्ट्रिय जलप्रवाह कानुन ः नेपाल–भारत सहकार्यको दृष्टिकोण नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले इपिजी बनाउनेहरु नै दुवै देशको प्रधानमन्त्री भएकाले सो प्रतिवेदन अघि बढ्ने बताउनु भयो । प्रधानमन्त्री ओलीले सो प्रतिवेदन बुझ्नका लागि आफू तयार रहेको र भारतीय पक्ष पनि तयार हुने उल्लेख गर्नुभयो प्रधानमन्त्री ओलीले इपिजी प्रतिवेदनले दिएको सुझावको आधारमा दुई मुलुकबीच देखिएको समस्या समाधानका लागि छलफल गरेर अघि बढ्न सकिने बताउनु भयो ।
उहाँले दुई मुलुकबीच भूराजनीतिलाई देखाएर आफ्नो निहित स्वार्थसिद्धी गर्ने काम गर्न नहुने अडान पनि राख्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*