हिमालयन राइडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा सर्वसम्मत मगर चयन
२२ भाद्र, हेटौँडा । हिमालयन राइडर्स सोसाइटी मकवानपुरको अध्यक्षमा राजु थापा मगर चयन हुनुभएको छ ।
सोसाइटीको शनिबार सम्पन्न दोस्रो साधारण सभाले थापा मगरको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा बुद्धराम श्रेष्ठ, महासचिवमा जितेन्द्र महतो, सचिवमा दामोदर ढुंगाना र कोषाध्यक्षमा लक्ष्मिचरण श्रेष्ठ चयन भएका छन् । साधारण भेलाले विश्वास सापकोटा, नवराज नेपाल, अशोक जोशी, धर्मराज पाण्डे, दुर्गाप्रसाद लामिछाने, आशिष थापा मगर र सीता श्रेष्ठलाई सदस्यको जिम्मेवारी प्रदान गरेको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष सन्तोष कुमार अर्यालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा बारा राइर्डस एसोसियसनका अध्यक्ष शेषराज अधिकारीे विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बाल जार्गती इग्लिंस स्कुल व्यवस्थापन समितिका विशालराज महत, पि.एम सेन्टरका सञ्चालक प्रमेन्द्र महर्जन लगायतको आतिथ्यता थियो ।
गैर नाफामूलक संस्था हिमालयन राइडर्स सोसाइटीमा हालसम्म १ सय २७ ले सदस्यता लिएका छन् । स्वास्थ्य, पर्यावरण र पर्यटनको निम्ति साइकल भन्ने सन्देशका साथ सोसाइटीले मेची–महाकाली साइकल यात्रा, रसुवागढी देखि पर्साको ठोरी सम्म साईकल यात्रा, ऐतिहासिक मकवानपुरगढी देखि गोरखा दरबारसम्म साइकल यात्रा गरिसकेको छ ।