तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२२ भाद्र २०८१, शनिबार १४:२५

२२ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीहरुका समस्यका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।
उहाँले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताउनु भयो । उहाँले नियोजित र प्रायोजित रुपमा सरकारको बिरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*