संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्छौंः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
१८ भाद्र २०८१, मंगलवार १२:३०

१८ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक अधिकारका मर्म र भावनालाई पूर्णतः कार्यान्वयन गर्ने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार अन्तर्राष्ट्रिय प्रतिवद्धता र सम्झौताको कार्यान्वयनप्रति प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले नेपालको गरिबी उन्मुलन गर्ने, समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पूरा गर्ने र मुलुकको विकासका काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले शान्ति, सुरक्षा र अधिकारसहित जनताले सम्मानजनक जीवनको अनुभुति गर्नेगरी सरकारले काम ग्रिरहेको बताउनु भयो । संविधानका मौलिक हक, मानव अधिकारसम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई आत्मसात गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालले पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र मुख्यसचिव पाइसकेको बताउँदै राज्यका सबै निकायमा महिला सहभागिता बढाउन आवश्यक सहजीकरण भइरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालमा अझै पनि २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको र गरिबी निवारणको लक्ष्य पूरा नगरी सबै नागरिकलाई आधारित अधिकारबाट सम्पन्न गराउन सम्भव नरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*