एलिसाको हत्या आरोपी समीर खान पक्राउ

स्वर्णिम खबर
१७ भाद्र २०८१, सोमबार २०:५४

१७ भाद्र, हेटौँडा । हेटौंडा–१० बसपार्क स्थित रत्ना होटलमा युवतीको हत्या गरी फरार युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
गत भाद्र १० गते रत्ना होटलको रुम नं २०५ मा हेटौंडा–११ नवलपुर घर भएकी २२ वर्षीया युवती एलिसा न्यौपानेको हत्या गर्ने ३२ वर्षीय समिर खान भनिने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका समिरलाई सोमबार साँझ हेटौंडा–५ लट्टिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उनलाई हिरासतमा राखी थप अनुसन्धान कार्य जारी रहेको भण्डारीले बताए ।
यसैगरी घटनाको अनुसन्धानको क्रममा समिर खानलाई भगाउन सहयोग गरेको भन्दै प्रहरीले शनिबार समिरका ५५ वर्षीय आमा सैरुन खान, २६ वर्षीय श्रीमति रविना खातुन, ५६ वर्षीय ससुरा लालबाबु खाँ पैठान र ३० वर्षीय जेठान फैयाज अहमदलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद लिई अनुसन्धान जारी राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*