गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै कानुन व्यवसायीहरुद्वारा धर्ना
१७ भाद्र, हेटौँडा । न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्यायाधीशहरुको नियुक्ति गर्न लागेको भन्दै उच्च अदालत र जिल्ला अदालतमा आबद्ध कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।
नेपाल बार एशोसिएसनको विरोध अभियान अन्तर्गत कानुन व्यवसायीहरुले सोमबार दिउँसो अदालत परिसरमा धर्ना दिएको हो । न्याय परिषद्ले गैरसंवैधानिक रुपमा न्याय परिषद् नियमावली संशोधन गरेर विगत एक वर्षदेखि सोही नियमावलीमार्फत न्यायाधीश नियुक्त गरिरहेको भन्दै एशोसिएसनले विरोध जनाएको हो ।
धर्नामा सहभागीहरुले न्यायलयमा व्याप्त भ्रष्टचार, विकृति, विसंगतीलाई अन्त्य गरी न्यायिक स्वच्छता कायम गर्न माग गरेका छन् ।