चुच्चेखोला सामुदायिक वनद्वारा वृक्षारोपण तथा तीज विशेष कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
१६ भाद्र २०८१, आईतवार १९:०५

१६ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण तथा तीज विशेष कार्यक्रम गरेको छ ।
हेटौंडा बहुआयामिक आयआर्जन विपन्न वर्ग महिला उप–समिति हेटौंडा १७ को सहआयोजना तथा सहयोगि निकाय जेड.एस.एल, डब्लू.आर.आर.एल र युएनडिपिको सहयोगमा वृक्षारोपण तथा तीज विशेष कार्यक्रम गरिएको हो । समूहका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भारती पाठक प्रमुख अतिथीको रुपमा रहनुभएको थियो ।


कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरको सहयोगमा विजयसाल, सतिसाल, चिउरी, रिठ्ठा, वेल, हर्रो, बर्रो, अमला, टिक लगायतका १ हजार ७ सय ५० वटा बिरुवा रोपण गरिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभा सदस्य पाठकले दीर्घकालिन सोचका साथ सामुदायिक वनले वृक्षरोपण सहितको तीज विशेष कार्यक्रमको आयोजना गर्नु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले वातावरणीय एवं पर्यावरणीय दृष्टिले सामुदायिक वनले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालयका वन अधिकृत राकेश प्रसाद चन्द्रवंशी, जेडएसएलका प्रतिक सदौला, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*