अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछः सभापति देउवा
१४ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गर्नुभयो ।
उहाँले अब पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताउनु भयो ।