लेबनानबाट गाजालाई समर्थन जारी राख्ने हिजबुल्लाहको प्रतिवद्धता
१३ भाद्र, एजेन्सी । हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताउनुभएको छ ।
लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताउनु भयो । हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई हमलामा आफ्ना कमाण्डर फाउद शोकोरको हत्याको बदला लिन इजरायलमा सयौं रकेटहरू प्रहारको घोषणा ग¥यो ।
यसैबीच इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहका रकेट लन्चरहरूलाई लक्षित गरी पूर्वनिर्धारित हवाई आक्रमण गरेको घोषणा गरेको छ । यसअघि हिजबुल्लाहले उचित समय र स्थानमा शोकोरको हत्याको निश्चित र पीडादायी जवाफ दिने धम्की दिएको थियो । हिजबुल्लाह दहेहमा क्रूर आक्रमण लाई जवाफ दिन प्रतिवद्ध र दृढ रहेको बताउनु भयो ।
हिजबुल्लाहका रकेट लन्चरहरूमा इजरायलले दाबी गरेको पूर्वनिर्धारित हवाई आक्रमणको सम्बन्धमा नसरल्लाहले आजको अपरेशन वा आफ्ना लडाकुहरूमा कुनै प्रभाव नपरेको बताउनु भयो ।