गोलरक्षक नायक बन्दा नेपाल साफ यू–२० को फाइनलमा प्रवेश

स्वर्णिम खबर
९ भाद्र २०८१, आईतवार १७:४२

९ भाद्र, काठमाडौँ । भुटानलाई पेनाल्टी शुटआउटमा हराउँदै नेपाल २० वर्षमुनिको साफ च्याम्पियनशिपको फाइनलमा पुगेको छ ।
लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटको समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । पेनाल्टी शुटआउटमा नेपालका गोलकीपर जियारथ शेखले भुटानका दुई जना खेलाडीको पेनाल्टी बचाएका थिए ।
यसअघि खेलको ५६ औं मिनेटमा भुटानका जितसुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ७८ औं मिनेटमा नेपालका निराजन धामीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा सोमबार भारत र बङ्गलादेश खेल्दैछन् । फाइनल खेल आउँदो बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*