हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ हुने

स्वर्णिम खबर
९ भाद्र २०८१, आईतवार १२:०२

९ भाद्र, हेटौँडा । मकवानपुरका तामाङ कलाकारलाई प्रोत्साहन गर्ने हेतुले हेटौंडामा पहिलो पटक लाईभ सेलो साँझ २०८१ हुने भएको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक ओपेरा ईन्फोटेन्मेन्ट मिडिया प्रा.लि.ले कार्यक्रम असोज १९ गते हेटौंडा २ स्थित पल्पसा हलमा दिनको २ बजेदेखि हुने जानकारी दिएको हो ।
बडा दशैंको शुभकामना आदानप्रदान सहित तामाङ समुदायको संस्कार, संस्कृति, कला, भेषभुषा र भाषाको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ओपेराका सञ्चालक बिक्रम लुङ्बाले जानकारी दिनुभयो ।
टुङ्ना र डम्फु प्रशिक्षण सहयोगार्थ कार्यक्रममा मकवानपुरे तामाङ कलाकार प्रकाश तामाङ सहित सुमिना लो को गायन प्रस्तुति रहनुको साथै विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत रहने लुङ्बाले बताउनुभयो ।
एक तामाङ घर, एक डम्फु भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रमको प्रवेश शुल्क भने पछि तोकिने आयोजकले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*