कांग्रेस नेता दाहालद्वारा महाबिर पुनका एक सय पुस्तक खरिद

स्वर्णिम खबर
७ भाद्र २०८१, शुक्रबार २०:०४

७ भाद्र, हेटौँडा । राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने उद्देश्यसहित नेपाली कांग्रेस मकवानपुरका नेता प्रभातकुमार दाहालले महाबिर पुनका एक सय पुस्तक खरिद गर्नुभएको छ ।
वीरगञ्जमा रहेको कृषि औजार कारखाना सञ्चालनको उद्देश्य लिएर देशव्यापी पुस्तक बिक्रीमा रहेका पुनको १ सय थान पुस्तक दाहालले शुक्रवार खरिद गर्नुभएको हो ।
७५० रुपियाँ नेपाली मूल्य रहेको पुस्तक बिभिन्न पुस्तकालय, किताब खरीद गर्नबाट छुटेका व्यक्तिलाई अध्ययनका लागि दिने सोच रहेको नेता दाहालले बताउनुभयो । यसै आफ्नो व्यक्तिगत खर्चलाई कटाएर नेपालमै केही गरौं भन्ने युवापंक्तीलाई अध्ययनका लागि दिने सोच रहेको उहाँको भनाई छ । नेपाल र नेपालीका लागि केही गर्छु भन्दै देश भर हिँडिरहेका पुनलाई थप हौसलाको दिनको लागि करिब ७५ हजार रुपियाँको लागतमा पुस्तक खरिद गरिएको नेता दाहालले बताउनुभयो ।
किताब खरिद गरेका दाहाललाई पुस्तक हस्तान्तरण गर्दै युवा पंक्तिमा यो खालको सोच हुन जरुरी रहेको पुनले बताउनुभयो । सरकारले २०४९ सालमा बन्द गरेको कृषि औजार कारखानामा आबिष्कार केन्द्रको १ करोड रुपियाँ मर्मतको क्रममा खर्च भइसकेको छ । त्यहाँबाट नेपाली माटो सुहाँउदो कृषि औजार उत्पादनलाई अघि बढाउनका लागि पुस्तक बिक्री अभियान थालेको बैज्ञानिक पुनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*