सरकार बनाउनकै लागि मात्र अहिलेको सरकार गठन भएको होइनः गृहमन्त्री लेखक

स्वर्णिम खबर
७ भाद्र २०८१, शुक्रबार १७:४१

७ भाद्र, हेटौँडा । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन,दिगो शान्ति स्थापना, समृद्धि र विकासका बनेको बताउनुभएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषाको बन्न लागेको नयाँ भवनको शिलान्यास गर्दै गृहमन्त्री लेखकले मुलुकमा अहिले दुई ठूला राजनीतिकक दलहरु मिलेर नयाँ राजनीतिक समीकरण बनेको बताउनुभयो । उहाँले सरकार बनाउनकै लागि सरकार गठन नभएको स्पष्ट पार्नुभयो । गृहमन्त्री लेखकले पछिल्लो डेढ वर्षमा भएको राजनीतिक अस्थिरताका कारण आम नागरिकमा परेको निराशा चिर्न अहिलेको सरकार सफल हुने बताउनु भयो । उहाँले सरकार अस्थिर हुँदाको असर प्रत्यक्ष सेवा प्रवाहमा परेको बताउनु भयो ।
गृहमन्त्री लेखकले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको र भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न जटिलता उत्पन्न भएको बताउनु भयो । उहाँले वर्तमान सरकारलाई सफल बनाउनुको विकल्प नरहेको पनि जिकिर गर्नुभयो ।
गृहमन्त्री लेखकले जनताका निराशालाई आशामा बदल्नुपर्ने र अन्त्यसम्म यो समीकरणलाई निरन्तरता दिनेकुराको विकल्प नरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*