बागमती प्रदेशका मुख्यन्यायधिवक्ता काफ्लेद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

स्वर्णिम खबर
६ भाद्र २०८१, बिहीबार १९:२३

६ भाद्र, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता शुकदेव काफ्लेले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।
विहीबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायधिश नृपध्वज निरौलाले काफ्लेलाई शपथ गराउनुभएको हो । काफ्लेलाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भदौ २ गते नेपालको संविधानको धारा १६० उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । २५ वर्षदेखी निरन्तर कानून व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएका काफ्लेले यसअघि पूर्व कानून तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसक्नु भएको छ ।
नेपाल बार एसोसिएसनको सदस्य रहनु भएको काफ्ले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समितिमा संलग्न काम गर्नुभएको अनुभव काफ्लेसँग छ । संवैधानिक व्यवस्था अनुसार मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानुनी सल्लाहकारका रूपमा कार्य गर्ने, राय सल्लाह दिने लयागतका कार्य गर्दछन् । बागमीतमा वि.सं. २०७४ साल फागुन २३ गते मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको हो । सपथ कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सि लामा, प्रदेश सरकारका मन्त्रीहरु, मुख्य सचिव लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*