बागमतीका मुख्यमन्त्रीद्वारा मन्त्री र मुख्यसचिबसंग कार्यसम्पादन करार सम्झौता

स्वर्णिम खबर
५ भाद्र २०८१, बुधबार १७:४०

५ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका ११ जना मन्त्री र मुख्यसचिबसंग बिहीबार कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ ।
प्रदेश सुशासन ऐनको दफा १९ बमोजिम सुशासन कायम गर्न र सरकारका काम कारबाही प्रभावकारी बनाउन कार्यसम्पादन करार सम्झौता गरिएको हो । मुख्यमन्त्री लामाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमलाई प्रभावकारी बनाई समयमै काम सम्पन्न गर्न करार सम्झौता उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो । सरकारले गरेको काम जनताले देखिने बुझीने र सुनिने गरी हुनुपर्ने भन्दै सम्झौता कार्यान्वयन गर्न उहाँले मन्त्री र मुख्य सचिबलाई निर्देशन दिनुभयो ।


मुख्यमन्त्री लामासंग कार्य सम्पादन करार सम्झौता गरेका मन्त्रीहरुले बिभागीय सचिबसंग कार्यसम्पादन सम्झौता करार गर्नेछन् ।
स्वास्थ्य अवस्थाको कारण युवा तथा खेलकुद मीनकृष्ण महर्जन अनुपस्थित हुँदा उहाँसंग पछि करार सम्झौता गरिने भएको छ । कार्यसम्पादन करार सम्झौता प्रत्येक आर्थिक वर्षमा हुँदै आएको छ । कार्यसम्पादन करार सम्झौता प्रत्येक आर्थिक वर्षमा हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*