देश निर्माण गर्ने मानसिकतालाई सबैले आत्मसात् गर्नुपर्छः केन्द्रिय सदस्य राना

स्वर्णिम खबर
४ भाद्र २०८१, मंगलवार १८:१२

४ भाद्र, हेटौँडा । नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले देश निर्माण गर्ने मानसिकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
नेकपा एमाले राज्यलाई बलियो बनाउने भुमिकामा बसेको पार्टी भएकोले सडकमा जाने मानसिकतालाई त्याग्नुपर्ने उहाँको भनाई छ । यद्यपि संविधान र लोकतन्त्रलाई कमजोर बनाउने तत्वहरुलाई परास्त गर्नको निम्ति भने एमाले सधैं सडकमा जान तयार रहनुपर्ने उहाले बताउनुभयो । पार्टी निकट नेपाल निर्माण उद्योग परिषद् मकवानपुरको प्रथम जिल्ला अधिवेशनमा सम्बोधन गर्नुहुँदै इन्चार्ज रानाले आर्थिक, सामाजिक र न्यायपूर्ण समाज निर्माण गर्नको लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।
मकवानपुर इन्चार्ज रानाले अहिले पनि एमालेलाई घेराबन्दी गर्ने र लोकतन्त्रको विरुद्ध गलत भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभयो । ठुलो राजनीतिक क्रान्तिपछि पनि समाजलाई दुषित र भ्रमित पार्ने तत्वहरु प्रति सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो । इन्चार्ज रानाले विधिको शासनलाई अपनाएर निर्माण कार्यहरुलाई समयमै सम्पन्न गर्न पनि निर्माण व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।


अधिवेशनले नरेन्द्र भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति समेत सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा इ.सचित कार्की, सचिवमा चेत बहादुर थापा, कोषाध्यक्षमा देवकृष्ण वि.क., सदस्यहरुमा धुव्र सिं पाख्रिन, सुरज कार्की, सुनित आचार्य, रमेश आचार्य र विष्णु सिल्वाल चयन भएका छन् । नयाँ समितिको कार्यकाल २ वर्षको हुनेछ । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*