हेटौंडामा मनाईयो सामुहिक गाईजात्रा

स्वर्णिम खबर
४ भाद्र २०८१, मंगलवार १३:५७

४ भाद्र, हेटौँडा । विगतका वर्षहरु झैं यस वर्षपनि हेटौडामा सामूहिक रुपमा गाईजात्रा मनाईएको छ ।
नेवा सांस्कृतिक पुचः हेटौंडाको आयोजनामा लाखे नाच, नेवारी बाजासहित सामूहिक गाईजात्रा निकालिएको हो । हेटौंडाको कृष्ण मन्दिरबाट निकालिएको गाईजात्रा बजारको विभिन्न भागको परिक्रमा गरि भुटनदेवी मन्दिरमा पुगेर समापन गरिएको नेवा सांस्कृतिक पुचः मकवानपुरका अध्यक्ष सुनकुमार मानन्धरले बताउनुभयो । यस वर्ष ४२ परिवार सामुहिक गाईजात्रामा सहभागि भएको उहाँले जानकारी दिनुभयो । २०६४ सालदेखि पुचः ले हेटौंडामा सामुहिक गाईजात्रा निकाल्दै आएको छ ।
कोरोनाको समयमा सबैभन्दा बढी ९५ परिवार सहभागि भएका थिए । यस वर्ष विगतका वर्षहरुको तुलनामा गाईजात्रा निकाल्ने परिवार कम भएको हो । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परिवारले गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराउने प्रचलन नेवारी समुदायमा रहेको छ । गाईजात्रा पर्वका अवसरमा वागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*