साफ यू–२० च्याम्पियनसिपमा नेपालको बिजयी सुरुवात
२ भाद्र, काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनपशिप फुटबलमा नेपालले विजयी शुरुआत गरेको छ ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन । निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । जीतसँगै नेपालले समूह ’ए’ मा ३ अङ्क जोडेको छ ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ’बी’ का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएको प्रतयोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ’ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।