अहिलेको सरकारले स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम गर्दैनः प्रधानमन्त्री ओली

स्वर्णिम खबर
२ भाद्र २०८१, आईतवार १८:००

२ भाद्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताउनुभएको छ ।
पार्टी निकट खेलकुद महासंघको केन्द्रिय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताउनुभएको हो । समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताउनुभयो । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भ्रष्टाचार बिरुद्धको शुन्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने पनि प्रधानमन्त्री ओलीले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकार कसैको बिरुद्धमा नभएको बताउनु भयो । कानून बिरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने स्पष्ट पार्नुभयो । लोकतन्त्र अनियन्त्रित नहुने भन्दै प्रधानमन्त्री ओलीले अनुशासित समाजको लागि कानून चाहिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले खेल क्षेत्रलाई महत्वको साथ हेरेको पनि बताउनुभयो । सरकारले खेल क्षेत्रलाई आवश्यक सहयोग सबै उपलब्ध गराउने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*