तत्काल नगरसभा बोलाएर सहमतिको कार्यान्वयन गर्न माग

स्वर्णिम खबर
२ भाद्र २०८१, आईतवार १२:१४

२ भाद्र, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफुहरुसंग भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्न हेटौंडा उपमहानगरपालिकालाई आग्रह गरेको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै संघले तत्काल नगरसभा बैठक बोलाएर बृद्धि भएको कर रकमको निर्णय फिर्ता गर्नका लागि माग गरेको हो । पत्रकार सम्मेलनमा संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले कर वृद्धि फिर्ताका विषयमा भएको ८ बुँदे सहमति उपमहानगरले पालना गर्नेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । अन्यथाः आफुहरु पुनः आन्दोलन गर्न बाध्य हुने उहाँले चेतावनी समेत दिनुभयो । नगर सभाबाट माग पूरा गर्ने लिखित समझदारी बनेकोकै कारण आन्दोलन स्थगित गरेको अध्यक्ष अग्रवालको भनाई छ ।
पत्रकार सम्मेलनमा संघका पूर्व अध्यक्षहरु अरुणराज सुमार्गी, कृष्ण कटुवाल लगायत उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*