बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला मन्त्रीलाई प्रदान

स्वर्णिम खबर
३२ श्रावण २०८१, शुक्रबार १८:३७

३२ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री लाई तोकेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । यसैगरी बैठकले भदौ ४ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । गाईजात्राको दिन विगतका दुई वर्षदेखि रोकिएको सार्वजनिक बिदालाई यसवर्षदेखि पुनः दिन थालिएको मन्त्री लामिछानेले बताउनुभयो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयको अस्थायी दरबन्दीलाई पनि स्वकृति गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*