बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार गुम्नसक्ने खतरा रहन्छः उपप्रधानमन्त्री सिंह
३२ श्रावण, काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई सकारात्मक दिशामा रुपान्तरण गर्न सबै मिल्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले अहिले कक्षा १२ को अध्ययनपछि विदेश जाने परिपाटी बिस्तार भएको भन्दै नेपालमै अध्ययन गरेर देश बनाउन लाग्न विद्यार्थीसँग आग्रह गर्नुभयो । नेपालमै बसेर नेपाललाई राम्रो गर्न विद्यार्थीले पनि सोच्नुपर्ने बताउनु भयो । उहाँले नेपालमै बस्ने वातावरण बनाउन युवा जगतले उपयुक्त सुझाव दिन पनि आग्रह गर्नुभयो । उहाँले अधिकारका लागि लडेर ल्याएका अधिकारहरुको संरक्षणमा जुट्न पनि आह्वान गर्नुभयो । उहाँले बिरोधको नाममा बिरोध गर्दा प्राप्त अधिकार पनि गुम्नसक्ने खतरा हुने बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले अहिलेको अवस्थाबाट देशलाई अघि बढाउन सबै एक भएर साथ दिन आग्रह गर्नुभयो । उहाँले नागरिकको अपेक्षाअनुसार देश विकास गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले जनताका माग पूरा गर्नकै लागि अहिलेको सरकार बनेको दाबी गर्नुभयो ।