कर बृद्धिको विरोधमा हेटौंडाका व्यवसायीले बुझाए उपमहानगरलाई चाबी

स्वर्णिम खबर
३२ श्रावण २०८१, शुक्रबार १२:४७

३२ श्रावण, हेटौँडा । अस्वभाविक रुपमा करको दर बढाईएको विरोधमा हेटौंडाका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर हेटौँडा उपमहानगरपालिकालाई बिरोध स्वरुप साँचो बुझाएका छन् ।
मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझ्नुभएको हो । मेयर र उपमेयरलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले साँचो बुझाउनुभएको हो । यसअघि बिहिबार मैनबत्ती बालेर ब्यवसायीहरुले स्थानीय सरकार कहाँ छ भन्दै सरकारको खोजी गरेका थिए । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्नो व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् ।
ब्यवसायीको आन्दोलनलाई समर्थन गर्दै एमालेबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुले विशेष नगरसभाको माग गरेका छन् । यता उपमहानगरपालिका ले समस्या समाधाननका लागि मकवानपुर उद्योग वाणिज्य संघलाई वार्ताका लागि औपचारिक पत्र समेत पठाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*