एक वर्षमा झन्डै १.८ मिलियन अफगान शरणार्थी स्वदेश फर्किए
२९ श्रावण, एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।
विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तान भित्र ३० लाख विस्थापित रहेको बताइएको छ । अफगानिस्तानमा लगभग २९ प्रान्तहरुमा शरणार्थीहरुको लागि लगभग ४६ टाउनसिपहरु रहेको बताइएको छ । अफगान आप्रवासी र फर्केकाहरूले सामना गर्ने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यस अवधिमा आफ्ना साझेदार संस्थाहरू, ७ एजेन्सीहरू र १४ शैक्षिक संस्थाहरूसँग ९३ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको बताउनु भयो ।
सो अवधिमा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको सहयोगमा ७ लाख ८८ हजार भन्दा बढी अफगान आन्तरिक रूपमा विस्थापित र फर्किएका परिवारहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य पदार्थहरू प्राप्त गरेको बताइएको छ ।