बागमती गाउँपालिकाको खानेपानी तथा सिचाईको अवस्था बारे मन्त्री खड्काको चासो

स्वर्णिम खबर
२८ श्रावण २०८१, सोमबार १७:५९

२८ श्रावण, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्याम बहादुर खड्काले मकवानपुरको बागमती गाउँपालिकाको खानेपानी तथा सिचाईको अवस्थाको बारेका अनुगमन गर्नु भएको छ ।
वर्षौ देखि चौराह खोला र बागमती नदीका कारण समस्यामा परेका स्थानीयहरुको आग्रह अनुसार मन्त्री खड्काले सो क्षेत्रको निरक्षण गर्नुभएको हो । चौराह खोला र बागमती नदीले बागमती गाउँपालिका वडा नम्बर १, ६, ७ र ८ को खेतीयोग्य जमिन वर्षेनी कटान हुने गरेको छ । २०५० सालयता हालसम्म यी क्षेत्रका करिब ५ सय बिगाह खेतीयोग्य जमिन नदीले कटान गरेको बागमती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष इन्द्रमणी तिमल्सिना केशवले बताउनुभयो । नदीले निरन्तर खेतीयोग्य जग्गा कटान गर्नथालेपछि स्थानियहरुले सास्ती भोगिरहेका छन् । नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गरि समस्या समाधान गरिदिन उहाँले मन्त्री खड्का समक्ष आग्रह गर्नुभयो । वडा नम्बर ८ मा मात्रै करीब १ हजार मिटर तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता रहेको उहाँले जानकारी गराउनुभयो । निरीक्षणपछि मन्त्री खड्काले आफू यस विषयमा गम्भिर भएको बताउँदै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्थानीयको जनगुनासोलाई मध्य नजर गर्दै प्रदेश सरकारले तटबन्ध निर्माण र खानेपानी समस्या समाधानमा पहल गर्ने समेत उहाँले बताउनुभयो । अनुगमनमा जलस्रोत तथा सिचाई विकास डिभीजनका कार्यलय मकवानपुरका डिभीजन प्रमुख निर्मल दाहाल, ईन्जियर दिनेश पोखरेल,निजी सचिव विष्णु खतिवडा लगायतको सहभागीता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*