मन्त्री खड्काद्वारा मानव सेवा आश्रममा एक छाक खाना बराबरको सहयोग

स्वर्णिम खबर
२८ श्रावण २०८१, सोमबार १७:५६

२८ श्रावण, हेटौँडा । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाईमन्त्री श्याम बहादुर खड्काले हेटौंडा–९ स्थित मानव सेवा आश्रमको मुख्य कार्यालय अवलोकन गर्नु भएको छ ।
मन्त्री खड्काले सोमबार आश्रममा रहेका आश्रितहरुको अवस्था बारे मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीसँग जानकारी लिनुभएको थियो । मन्त्री खड्काले आश्रय विहिन भएर सडक पेटीमा कष्टकर जिवन बिताईरहेकालाई उद्धार गरि आश्रय दिएर सामाजिक कार्यमा अग्रसर रहेकोमा प्रशंसा व्यक्त गर्नुभयो । मन्त्री खड्काले मानवसेवा आश्रमको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उक्त अवसरमा मन्त्री खड्काले आश्रितहरुका लागि एक छाक खाना बराबरको सहयोग प्रदान गर्नुभयो ।
मानवसेवा आश्रमको नेपालका १९ जिल्लाका २३ ओटा शाखामा १ हजार ७ सय २५ जनाले आश्रय लिईरहेका छन् । आश्रमले हालसम्म १० हजार १ सय ७२ जनालाई उद्धार गरेको तथ्यांक छ । ८ सय ४७ जनालाई सामुदायिक पुर्नस्थापना गराएको छ भने ४ हजारको पारिवारिक पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*