बागमतीका खेलकुद मन्त्री महर्जनद्वारा गौरीटार रंगशालाको अनुगमन

स्वर्णिम खबर
२८ श्रावण २०८१, सोमबार १६:०७

२८ श्रावण, हेटौँडा । बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले हेटौंडा–६ गौरीटार रंगशालाको अनुगमन गर्नुभएको छ ।
मन्त्री महर्जनले सोमबार रंगशालामा निर्माणाधिन क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशाला लगायतका पूर्वाधारहरुको अनुगमन एवम् निरिक्षण गर्नुभएको हो । निरीक्षणको क्रममा मन्त्री महर्जनलाई मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषद्का इन्जिनियर निमेष बर्तौलाले बिफ्रिङ गरेका थिए । गत आर्थिक वर्षदेखि प्रदेश सरकारले क्रिकेट रंगशालाको लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैंया विनियोजन गरेको बजेटबाट निर्माण काम थालिएको इन्जिनियर बर्तौलाले जानकारी दिनुभयो । २०८२ असार मसान्त भित्र निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का मार्फत काम भइरहेको उहाँले बताउनुभयो ।


यसैगरी निरीक्षणको क्रममा मन्त्री महर्जनले निर्माण कार्य समय सीमा भित्र सम्पन्न हुने गरी फास्ट ट्रायकमा गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिनुभयो । उहाँले निर्माणको क्रममा गुणस्तरलाई समेत विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गर्नुभयो ।
बागमती प्रदेश खेलकुद परिषदका अनुसार गौरीटार रंगशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बनाउन लागिएको हो । साढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रंगशालाभित्र ९ वटा कभर्डहल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेल लगायतका संरचना गरी २१ वटा संरचना बन्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*