पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च हुँदैनः मुख्यमन्त्री लामा

स्वर्णिम खबर
२६ श्रावण २०८१, शनिबार १९:१६

२६ श्रावण, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।
एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघ, नेपालले शनिवार काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा लगानी गर्ने नाममा फजुल खर्च गरेको पाइएको उल्लेख गर्दै अब भने त्यस्तो गल्ती नगर्ने बताउनु भयो । उहाँले पर्यटकलाई आकर्षित गर्ने गन्तव्य स्थलहरुको निर्माण गर्नमा प्रदेश सरकारले विशेष ध्यान दिने उल्लेख गर्नुभयो । मुख्यमन्त्री लामाले विभिन्न खालको पर्यटकहरु नेपाल आउने भएकाले उनीहरुको चाहना अनुसारको गन्तव्य स्थलहरुको निर्माणमा पनि प्रदेश सरकारले काम गर्ने बताउनु भयो । उहाँले व्यवसायीहरुको समस्या समाधान गरेर अघि बढन प्रदेश सरकार प्रतिवद्ध रहेको समेत दाबी गर्नुभयो ।
मुख्यमन्त्री लामाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि समाजलाई समेत सचेत गराउन आवश्यक रहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*