लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु

स्वर्णिम खबर
२५ श्रावण २०८१, शुक्रबार १२:२७

२५ श्रावण, हेटौँडा । बागमती प्रदेश सरकारले गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु गरेको छ ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा आजदेखि साउन ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सुरु गरेको हो । मकवानपुरगढी गाउँपािलका स्थित गाई फार्ममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पशु स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नुभएको हो ।
अभियान अन्तर्गत प्रदेशका ७६ हजार २ सय ७५ गाईभैंसीमा खोप लगाउने मन्त्रालयको लक्ष्य छ । यसका लागी ३ सय ७६ भ्याक्सिनेटर समेत खटाइएको छ । स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालय मार्फत खोप अभियान सञ्चालन भएको मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले जानकारी दिनुभयो ।


नेपालमा लम्पी स्किन रोगका कारण ७५ अर्ब ४८ करोडको आर्थिक क्षती भएको तथ्यांक छ । कार्यक्रममा मन्त्रालयका सचिव विनोद कुमार भट्टराई, कृषि तथा पशुपन्छी निर्देशनालय विकास बागमती प्रदेशका निर्देशक गौरीमान श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका प्रमुख दोर्जे स्याङ्तान लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*