नेपालमा पाइने च्याउ मध्ये १ सय प्रजातिका च्याउ विषालुः डा.शिव देवकोटा

स्वर्णिम खबर
२४ श्रावण २०८१, बिहीबार १५:४३

२४ श्रावण, हेटौँडा । मकवानपुुर जिल्लामा जङ्गली च्याउ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ ।
वनस्पति अनुसन्धान केन्द्र मकवानपुर संगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले बिहिबार कार्यक्रम गरेको हो । कार्यक्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक डा.शिव देवकोटाले विषालु च्याउन चिन्ने तरिका, विषालु च्याउ खाँदा शरीरमा देखापर्ने लक्षण लगायतको बारेमा जानकारी गराउनुभएको थियो । नेपालमा हालसम्म एक हजार २ सय ९२ प्रजातिका च्याउ पत्ता लागेको उहाँले जानकारी दिनुभयो । नेपालमा पाइने च्याउ मध्ये १ सय प्रजातिका च्याउ विषालु भएको उहाँले बताउनुभयो ।
जङगलमा पाइने अमानिटा प्रजातिको च्याउमा सबैभन्दा बढी शरीरलाई हानि गर्ने तत्व हुने उहाँले बताउनुभयो । विषालु च्याउको छातामा थोप्ला थोप्ला खस्रो गिर्खा भएका, डण्डीमा थैलो जस्तो भएको, झुसको मात्रा धेरै भएको, रङ्गीन च्याउ, भाँच्दा चोप वा दुध जस्तो पद्धार्थ निस्कने, काटेपछि रङ फेरिने च्याउ विषालु हुने उहाँले बताउनुभयो ।
च्याउ विज्ञ सहितको टोलीले मकवानपुरका राक्सिराङ, कैलाश लगायतका पालिकामा गएर स्थानीयलाई विषालु च्याउको बारेमा जानकारी दिएका थिए । नेपालका मकवानपुर सहित चितवन, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान दाङ र इलाममा अत्याधिक विषालु च्याउ पाइने बताइएको छ ।

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*