स्वास्थ्य सामग्रीको भण्डारणलाई प्रभावकारी बनाइने छः मन्त्री मगर

स्वर्णिम खबर
२४ श्रावण २०८१, बिहीबार १४:५३

२४ श्रावण, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्य सामग्रीको भण्डारणलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा निर्मित स्वास्थ्य सामग्री भण्डारण भवनको हस्तान्तरण एवम् सम्दुघाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री मगरले विगतमा सामग्री भण्डारणमा भएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने बताउनुभयो । जीवनजल र सिटामोलको उपलब्धतालाई सहज बनाई प्रदेशबासीको स्वास्थ्यमा सहज पहुँच पु¥याउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ । मन्त्री मगरले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुलाई सुधार गर्न कन्जुस्याई नगर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफु पदमा रहँदा सम्म सबै निकायहरुसंगको सहकार्य र समन्वयमा स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताउनुभयो ।


त्यसैगरी कार्यक्रममा सेभ द चिल्ड्रेन, नेपालकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका लागि नवनिर्मित भवन उपयोगी हुने बताउनुभयो । सेभ द चिल्ड्रेनद्वारा ३ करोड २८ लाखको लागतमा निर्मित भवन बिहिबार औपचारिक रुपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*