नवौं सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण
२३, श्रावण, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरले नवौं सामुदायिक वन दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
मकवानपुरगढी–५ मा रहेको बुङदल सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्रमा वृक्षारोपण गरिएको हो । सो अवसरमा बेल, पारिजात, मेङगोस्टीक, रक्तचन्दन लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको समूहले जनाएको छ ।
डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत राकेश प्रसाद चन्द्रबंशीको प्रमुख आतिथ्यता एवम महासंघका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ, केन्द्रीय सदस्य रामहरि चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेश कोषाध्यक्ष नानी मायाँ रुम्बा, सदस्य जीत बहादुर घलान, सव डिभिजन वन कार्यालय, मकवानपुरगढीका प्रमुख बिशाल लामा, फरेष्टर देवेन्द्र सञ्जेल, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, स्थानीय महासंघ, मकवानपुरगढीकी सचिव दुर्गा घोरसाईनी, बुङदल सामुदायिक वनका अध्यक्ष भीम बहादुर अधिकारी, नमुना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, सामुदायिक वनका पदाधिकारी, उपभोक्ता, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।