बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडे

स्वर्णिम खबर
२१ श्रावण २०८१, सोमबार १५:४३

२१ श्रावण, एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाड्नुभएको छ ।
विद्यार्थीको प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिना र उहाँकी बहिनीले देश छाडेको जनाएको छ ।
बीबीसी बंगला सेवाले प्रधानमन्त्रीको निवासमा प्रदर्शनकारीहरूको भीड भेला भएको पुष्टि गरेको छ । गएको जुलाईदेखि बङ्गलादेशमा विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै आएका छन् । देशका धेरै ठूला सरकारी जागिरमा आरक्षण खारेज गर्न विद्यार्थीहरूले माग गरिरहेका छन् ।
विद्यार्थीहरूको आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाएको भए पनि विद्यार्थीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामामा अडिग थिए । बङ्गलादेशमा अहिलेसम्म तीन सय जनाको ज्यान गइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*